चट्याङबाट काहुँ धरहरामा क्षति, धरहरा चढ्नलाई रोक

पोखरा २६ , वैशाख-

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँको धरहरामा सोमबार विहान परेको चट्याङले क्षति पु¥याएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सोमबार विहान करिब ९ः३० बजे परेको चट्याङले गर्दा धराहराको भित्री सिडीको रेलिङ खसेको, भित्री उत्तरपुर्वको कर्नरमा केहि भाग भत्केको तथा चर्कीएको काहूँकोट देउराली मन्दिर तथा धरहरा संरक्षण समितिका अध्यक्ष सुव्दार ईन्द्र बहादुर गुरुङले पोखरान्युज लाई बताए ।

धराहराको बाहिरी गेटमा समेत चट्याङले  गर्दा क्षति भएको बताएका गुरुङले चट्याङको कारणले गर्दा धराहरा नजिकको घास समेत आगोको ज्वालाले जलेसरी डढेको छ । विहानको समयमा कुनै व्यक्तिहरु धराहरा चढ्न नपुगेका कारणले गर्दा मानविय क्षति हुनबाट भने बचेको उनले जनाए ।

धराहराको प्राविधिक टोलीबाट अनुसन्धान र मर्मत नहुने समयसम्मको लागि धराहरा चढ्नमा समेत रोक लगाईएको अध्यक्ष सु. गुरुङले पोखरान्युज लाई  बताए । १ हजार ४ सय ४३ मिटर उचाईमा रहेको काहुँ धराहरा करिब २०३६ सालमा निमार्ण भएको हो भने पछि मर्मत हुदै आएको छ ।

उक्त धराहरा चढ्दा विदेशी पर्यटकलाई ३०, आन्तरीक पर्यटकलाई २० र स्थानिय तथा बिद्यार्थीहरुलाई १० रुपैया शुल्क लिदै आइएको छ । धराहराबाट हिमश्रृंखला, हरियो वन जंगल पोखरा बजार लगायतका पर्यटकीय क्षेत्रहरु अवलोकन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button