पोखरा न्युज –
भरतपुर महानगरका २७ वडाको मतगणना सकिएको छ।
कुल १ लाख १२ हजार ९सय ७ मत खसेको भरतपुरमा अब २ वडाको मत गन्न बाँकी छ। पछिल्लो मतपरिणाम मेयरमा कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीको भन्दा ७८४ मत पाएकी छन्। ज्ञवालीले ४०९८० मत ल्याउँदा दाहालले ४०१९६ मत ल्याएकी छन्।
२९ वडा रहेको भरतपुरमा वडा नम्बर १९ र २० को मत गणना गर्न बाँकी छ। यी मध्ये २० वडा कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ भने १९ वडामा दुबै पक्षले आफ्नो बढी भोट आउने दावी गरेका छन्।
वडा नम्बर १९ मा २८६० मत खसेको छ भने २० मा ३३०२ मत खसेको छ।
Source: https://setopati.com/raajneeti/70586/





