अब सरकारी कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु हुने

पोखरा न्युज –

सरकारले आगामी साउन १ गतेपछि नियुक्त हुने निजामती, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायत सरकारी कोषबाट पारिश्रमिक पाउने सबै कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबाहदुर महराले आज व्यवस्थापिका–संसद्मा आव २०७४÷०७५ को बजेट प्रस्तुत गर्दै सोसम्बन्धी कानुन संसद्को यसै अधिवेशनमा पेस गरिने जानकारी दिनुभयो ।

सङ्घीय संरचनामा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्षम हुने गरी निजामती सेवाको पुनःसंरचना गरिने उल्लेख छ । सङ्घीय प्रदेश निजामती सेवा र स्थानीय सेवालाई मार्गदर्शन गर्ने गरी राष्ट्रिय निजामती सेवा नीति तर्जुमा गरिने छ । सार्वजनिक सेवा प्राप्तिलाई जनताको अधिकारका रूपमा स्थापित गरिने छ । भ्रष्टचारजन्य क्रियाकलापमा शून्य सहनशीलताको नीति अवलम्बन गरी राष्ट्रिय सदाचार पद्धतिको विकास गरिने छ ।

सरकारी सवारी साधनको दुरुपयोग रोक्नका लागि मर्मत खर्च घटाउन र अनधिकृत व्यक्तिले प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्नका लागि निश्चित मापदण्ड तोक्न सवारी साधनको उपयोग र हस्तान्तरणसम्बन्धी नीतिगत व्यवस्था गरिने बजेटमा उल्लेख छ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button