एक वर्षमा २५ गैँडा मरे, चारवटा मानवीय कारणले

पोखरा न्युज –

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् ।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन् । एउटा गैँडा भने रौतहटमा गोली लागी उपचारका लागि चितवन ल्याइएकोमा पछि मरेको हो ।

उहाँले अघिल्लो वर्ष विभिन्न कारणले १५ वटा गैँडा मरेकामा यो वर्ष बढेर २५ वटा पुगेको जानकारी दिनुभयो । “यो वर्ष भने १० वटा बढी गैँडा मरे”, अर्यालले भन्नुभयो, “दुईवटा करेन्ट लागेर, एउटा तस्करबाट र एउटा रौतहटमा गोली लागेर ल्याइएको गैँडा मरयो । अरु बाँकी २१ वटा प्राकृतिक कारणले मरेका छन् ।”

एउटा गैँडा चौधरी ग्रुपले सञ्चालन गरेको मेघौली सेराइ होटलले छाडेको करेन्ट लागेर मरेको थियो । अर्को गैँडा पनि नवलपरासीको गैँडाकोटमा करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ ।

अर्को एउटा पश्चिम चितवनको जगतपुरमा शून्य चोरी शिकार वर्षको एक हजार ७१ दिनपछि गएको चैतमा तस्करबाट गैँडा मारिएको हो ।

अन्य २१ वटामध्य एउटा गैँडा बच्चा जन्माउन नसकेर तथा अन्य गैँडा बूढो भएर, जुधेर, अन्य गैँडाले हानेर तथा लडेर मरेका अर्यालले जानकारी दिनुभयो ।

मरेकामध्ये दुईवटा गैँडामात्रै जिल्ला वन कार्यालयको क्षेत्रमा तथा अरु सबै चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रका घटनामा भएको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button