‘बिपीको निवासलाई संग्रहालय बनाउनुपर्छ’

पोखरा न्युज –

नेपाली काँग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा काँग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “बिपीको योगदानलाई काँग्रेसले उच्च मूल्याँकन गर्न सकेन ।”

विश्वेश्वरप्रसाद कोइरालाको बारेमा विद्यावारिधी गर्नुभएका प्राडा कृष्णप्रसाद दाहलले बिपी सात वर्षको कलिलो उमेरदेखि राजनीतिमा लाग्नुभएको स्मरण गराउँदै बिपीको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

उहाँले नेपालका नेता बिपीको अमेरिकामा समेत शालिक रहेको बताउँदै उहाँ अन्तर्राष्ट्रिय नेता भएको उल्लेख गर्नुभयो ।

काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले पछिल्लो समय बिपी कोइरालाको सिद्धान्त र आदर्शलाई बिर्सँदै गएको आरोप लगाउनुभयो ।

नेपाल ट्रेडयुनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा बिपी कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । २००३ सालमा नेपाली काँग्रेसको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएका बिपी २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको २०३९ साल साउन ६ गते आजैको दिन निधन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button