जिसस कास्कीमा क्षेत्री निर्विरोध निर्वाचित

पोखरा न्युज –

जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा (एमाले)का बैनबहादुर क्षेत्री (अधिकारी) निर्विरोध निर्वाचित हुनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ महानगरपालिका–२८ का क्षेत्री निर्वाचित हुनुभएको हो ।

समन्वय समितिको उपसंयोजकमा एमालेबाटै पोखरा लेखनाथ–३१ का सावित्री भण्डारी, सदस्यहरुमा मादी गाउँपालिकाका बृहस्पति सापकोटा, माछापुछ्रे गाउँपालिकाका विष्णुप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका जगनमाया गुरुङ, पोखरा–२१ का सीतादेवी विक, पोखरा–१६ का गुमादेवी अधिकारी, १५ का तोरणबहादुर बानियाँ र अल्पसंख्यकबाट रुपा गाउँपालिकाका रुपबहादुर माल थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिका लागि जिल्ला सभाका सदस्य नै प्रस्तावक र समर्थक हुनु अनिवार्य छ । कास्कीका पाँच स्थानीय तहबाट १० जना जिल्ला सभा सदस्य रहेकामा एमालेका नौ र नेपाली काँग्रेसका एकजना रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button