मेलिना र भरतको “आई लभ यु” सार्बजनिक (हेर्नुहोस् म्युजिक भिडियो)

[mom_video type=”youtube” id=”nqbhOEJsLfA”]

पोखरा न्युज –

पूर्वेली गायक भरत सुनारले चर्चित गायिका मेलिना राई संग सुरमा सुर मिलाउदै ‘आई लाभ यु’ बोलको गीत तथा भिडियो एक साथ् सार्बजनिक गरेका छन् । आफ्नो अर्को एल्बम ‘आई लभ यु’ मा समाबेश शिर्ष गीतको भिडियो सार्बजनिक गरेका हुन् भने उनले यो भन्दा पहिले ‘तिम्रो आचल’ बोलको एल्बम सार्बजनिक गरेर एल्बममा समाबेश ४ ओटै गीतको भिडियो सार्बजनिक गरिसकेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पहिलो एल्बम तथा सार्बजनिक भिडियोहरु बाट सोचेको जस्तो सफलता नपाएर उनले अर्को एल्बमको तयारि गर्दै अहिले यो गीत सार्बजनिक गरेका हुन् । उनि यो गीत सार्बजनिक गरेपछि निकै आशावादी बनेका छन्, कारण उनले यो गीत गायनमा नेपालका हाल चल्तीका गायिका मेलिना राई संग सुरमा सुर मिलाउदै गीत गाएका छन् भने भिडियो बाट राम्रो प्रतिक्रिया पाएर उत्साहित पनि बनेका छन् । यो गीतमा गायक भारतको आफ्नै सब्द संगीत समाबेश रहेको छ भने टेकेन्द्र याक्सोले एरेन्ज गरेका छन् ।

बिगतका भिडियोहरु सबै पुर्वबाटै निर्माण तथा सार्बजनिक गरेका भरतले यो पालि भने अडियो भिडियो दुवैलाई स्तरीयता दिने उद्देश्यले काठमाण्डौ बाटै निर्माण तथा सार्बजनिक गरेका छन् । मायाप्रेमका रसरागहरु छताछुल्ल बनेको यो गीतको भिडियो पनि निकै राम्रो बनेको छ । क्रिस्टिना थापा र प्रबिनको अभिनयले भिडियोमा झनै सुन्दरता थपिएको छ । बिशाल नेपालीले निर्देशन गरेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने टेकेन्द्र साहले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button