पहिलो पटक कन्दरा ब्याण्ड ईनरुवामा, हेर्नुहोस् यसरी झुमाए दर्शक (भिडियो सहित)

[mom_video type=”youtube” id=”in8OcMkKVVc”]

पोखरा न्युज । 

हरेक बर्ष झै यो बर्ष पनि दशै नेपालिको घरदैलोमा आईसकेको छ । दशैलाई लक्षित गरेर विभिन्न ठाउमा दशै विशेष कार्यक्रमहरु हुने गर्दछ भने कलाकारहरु पनि यस्तै कार्यक्रमहरुमा निकै ब्यस्त हुन्छन । यसै सिलसिलामा नेपालको चर्चित अनि पुरानो ब्याण्ड ईनरुवामा प्रस्तुत भएको छ । लामो समय पछि फेरि साङितिक दुनियामा फर्केका कन्दरा ब्याण्ड ईनरुवामा भने पहिलो पल्ट प्रस्तुत भएको हो । हेर्नुस भिडियो यस्तो छ

ईनरुवा ईभेन्ट म्यानेजमेन्ट को आयोजनामा भएको दशै बिशेष कार्यक्रम यहि १० गते मंगलबार सम्पन्न भएको हो । विभिन्न स्थानिय ब्याण्ड तथा गायक, कलाकारहरूको प्रस्तुती पछि रातको करिब ९स्३० बजे स्टेज टेकेका कन्दराले उपस्थित हजारौ दर्शकलाई झुमाएका थिए । हजारौ ईनरुवाबासी माझ आफ्नो पुरानो चर्चित ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’ जस्ता लोकप्रिय गीत तथा नया गीतहरु प्रस्तुत गर्दै डेढ घण्टा सम्म मनोरञ्जन गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button