पोखराका तीन ठाउँमा छठ पर्व मनाइने

पोखरा न्युज  ।

पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ ।

पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा भव्यताका साथ छठ पर्व मनाउन लागिएको हो ।

केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराई मूलका नागरिकहरुले छठ पर्व पोखरामै मनाउन थालेका छन् भने पहाडीया मानिसले पनि छठ पर्व मनाउन लागेको देखिन्छ ।

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरवा–अरवाइन, दोस्रो दिन आज खरना, तेस्रो दिन भोलि बेलुका अस्ताउन लागेको सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरी छठ पर्व सम्पन्न हुने परम्परा छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button