एमालेले बाटो बिरायो – केसी

पोखरा न्युज ।

नेपाली कांग्रसको तर्फबाट समानुपातिक तर्फका प्रातिनिधि सभा सदस्य पदका उम्मेद्वार बरिष्ठ उद्योगपति सूर्यबहादूर केसीले लोकतान्त्रिक पद्दति अंगालेको एमालेले बाम एकता गरेर बाटो बिराएको बताएका छन् । उनले एमालेले विगतमा लोकतान्त्रिक पद्धति अंगाल्दै ब्यवहारिक रुपमा अगाडि बढेको भएपनि माओवादीसंगको सहकार्यले उसले आफ्नो बाटो बदलेको उनको भनाई छ ।

शनिबार विश्कर्मा समाज नेपालको तेस्रो केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई जिताउनुपर्ने बताए । यो मुलुकको सबैभन्दा भ्रष्टचारी प्रचण्ड भन्दै हिड्ने केपी ओली र माधव नेपाल लगायतका एमाले नेताहरु अहिले उनैसंग कसरी टाँसिन पुगे यसलाई नेपाली जनताले बुझ्न जरुरी रहेको उनको भनाइ छ ।

खुला अर्थ नितिको पक्षपाति केसीले कम्युनिष्टहरुबाट खुल्ला अर्थतन्त्र सम्भव नभएको धारणा राखे । आफू कर्मबिर रहेकाले कर्म गर्नेप्रति सम्मान रहने स्पष्ट पार्दै केसीले हिन्दू धर्मले कुनैपनि प्रकारको छुवाछुत र जातजातिमा विभेद् नगरेको धारणा राखे । ‘अहिलेका नेताहरु हिन्दू धर्मलाई गालि गरेर राष्ट्रवादी बन्न खोज्छन्, उनले भने,‘तर भारतले जंगेपिल्लर सार्दा जंगबहादुरलाई गाली गर्छन् तर भारतसंग नतमस्तक हुन्छन् ।

कार्यक्रममा संघका अध्यक्ष गणेश बराइलिले लेखेको कर्मकाण्ड पुस्तकको केदारेश्वर मन्दिरका पिठाधिस डा लेखनाथ आचार्यले विमोचन गर्दै हिन्दु धर्मजस्तो सहज र ब्यवहारिक अरु नभएको बताए । उनले जात र ब्यक्ति विशेषले छुवाछुतको पर्था बसालेको नभइ साजिक प्रवृत्तिले भएको धारणा राखे । उनले मानव जात र समुदयले नभइ कर्मले ब्रामण बन्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा उमालेका केन्द्रीय सदस्य एवं निवर्तमान सांसाद चुडामडि जंगलीले राजनीतिक रुपमा आएको जातिय विभेदलाई राजनीतिक रुपले नै अन्त्य गर्नुपर्ने जोड दिए । उनले कोही मानिस दलित नहुने भन्दै दमन र शोषणमा परेका लाई दलित भनिएको धारणा राखे । साहित्यकार एवं पत्रकार तारा पाखेले सनातन धर्म संस्कृतिलाई समाप्त पार्न खोज्ने विभिन्न तत्वबाट मुलुकलाई जोगाउनुपर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button