पोखरामा महायज्ञबाट एक करोड ८० लाख संकलन

पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ ।

सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले गत मंसिर ५ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले छ आना र नेत्रपाणि भण्डारीले पाँच आना जग्गा विद्यालयलाई दान गर्नुभएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिनुभयो ।

महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबैभन्दा बढी रु छ लाख २५ हजार, शोभाकर दाहालले रु पाँच लाख ५५ हजार ५५५, नेत्रपाणि भण्डारीले रु पाँच लाख पाँच हजार ५५५, शोभाखर भण्डारीले रु पाँच लाख पाँच हजार सहयोग गर्नुभएको थियो ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button