पोखरा न्युज ।
हवाई खेलकद संस्था नाको आयोजनामा पोखरामा पहिलो एशियन महाद्धिपिय प्याराग्लाइडिङ टूर शुरु भएको छ।
उक्त टूरसहित १८ औं संस्करणको नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । आइतबारको अभ्यास खेलपछि पोखरामा प्रतियोगीहरुले आ–आफ्नो देशको झण्डासहित मार्चपास गरेका थिए । प्रतियोगितामा २२ देशका १ सय ५० जना प्रतियोगीहरुले सहभागिता जनाउने भएको प्रतियोगिता संयोजक इन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।