पोखरा न्युज, २ फागुन ।
क्यानडामाथि एक विकेटको जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।
नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई एक विकेटले हराउँदै विश्वकप छनोटमा स्थान बनाएको हो ।
क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । जित असम्भव जस्तो खेललाई करन केसीले चार छक्का र तीन चौका हान्दै बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। अन्तिम ओभरमा नेपाललाई ६ बलमा ८ रन चाहिएको थियो । क्रिजमा रहेका कारणले लगातार चार बलमा कुनै रन जोड्न सकेनन् । पाँचौं बलमा छक्का हान्दै जितको आश जगाएका करणले अन्तिम बलमा चाहिएको एक रन सहजै पुरा गरे र नेपालाई विश्वकप छनोटमा पुर्याए ।
त्यस अघि बल बाइड भएसँगै नेपालको खातामा एक रन थपिदा दुबै टिमको स्कोर ड्र भएको थियो ।