पोखराको छोरेपाटनबाट २ जना पक्राउ

पोखरा न्युज- १०, चैत ।

पोखरा लेखनाथ महानगरपालिका १७ छोरेपाटनबाट प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ पक्राउ गरेको छ ।

लागुऔषध बेचबिखनमा संलग्न  रहेका उनीहरुलाई लागऔषध नियन्त्रण ब्युरो पोखराले  शनिबार छोरेपाटनबाट  पक्राउ गरेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालीका ७ हल्लनचोकका अमन नेपाली र बागलुङ नगरपालीका १३ पैयुँडाडाका  किशोर खत्री रहेका छन ।

उनिहरुको  साथबाट  नुर्फिम ७० थान, डाइजापाम ७० थान,  फेनरागन ७० थान गरी  २ सय १० थान लागुऔषध र २ थान मोबाइल बरामद भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

गोप्य सुचनाको आधारमा चेकजाँच गर्नेक्रममा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको र  थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको लागऔषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङले वताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button