पोखराको लेकसाइडमा रहेको रोड डिभाइडरमा फुलबारी बनाइने

गणेश पहारी, पोखरा न्युज – १६ चैत्र ।

होटल प्रतिनिधि समाज पोखराले लेकसाइडकोे मेन हाइवेयमा रहेको रोड डिभाइडरमा फुलबारी बनाउने  भएको छ ।

लेकसाइडको डिहिकोपाटन देखी जरेबर सम्मको  करिब ३ सय ५० मिटर सम्मको क्षेत्रमा रहेका डिभाइडरहरुलाई सफा गरि नयाँ मलिलो माटो र मल हालि सफा गरिएको छ । विहिबार देखी उक्त कार्यको थालनि गर्ने लागिएको छ ।

पोखरा महानगरपालिकाले बनाएर बेवारिसे अवस्थामा छोडिएको उक्त डिभाइडरमा होटल प्रतिनिधि समाज पोखराले रंगरोगन सहित फुलबारी बनाउको लागेकोमा स्थानिए समाजसेवी र संघ संस्थाहरुले उक्त कार्यको प्रशंसा गरेका छन ।

फुलबारी बनाउन लागेको उक्त क्षेत्रमा सिजनेवल फुल सहित हरियो धुपिका साथमा दुवो रोपिने छ । उक्त फुलबारीलाई आगामि दुई बर्ष सम्मका लागि होटल प्रतिनिधि समाजले मलजल देखी रेखदेखको जिम्मा लिएको समाजका अध्यक्ष नगेन्द्र थापाले जानकारी दिएका छन । पोखरा महानगरपालिका बडा न ६ सगँ समन्वय गरि उक्त कार्यको थालनी गरिएको अध्यक्ष थापाले  बताए ।

सस्थाले समाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्य गर्ने लागेको र दुई बर्ष सम्म मलजल, रंगरोगन र रेखदेख सहित करिब १ लाख ८० हजार खर्च लाग्ने अनुमान रहेको अध्यक्ष थापाले बताएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button