पोखराको आलु महोत्सवमा बोको हेर्नेको भिड्

डि.एन.बी, पोखरा  न्युज – २२ चैत्र । 

पोखराको हेमजामा आज (विहबार) देखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा बोको हेर्नेको भिड नै लाग्यो ।

आलु महोत्सवमा भैंसी बराबरको तौल भएको एक सय १० केजीको बोको प्रदर्शन गरेसंगै बोको हेर्नेको भिड् नै लागेको हो । लामाचौतारा खुट्टेगौडा टोल विकास संस्था तथा अभिभावक समुहको ¥यालीमा पोखरा लेखनाथ महानगरपालिका २५, हेमजाका झपट बहादुर थापाले पालेको बयर जातको बोको उक्त महोत्सवमा प्रदर्शन गरेका हुन ।

दुई बर्ष अघि थापाले तनहुँको बन्दीपुरबाट माउ सहित एउटा बोका २५ हजार रुपैयामा किनेका हुन। उनले हाल ठुलो बयर प्रजातिका ४ वटा बाख्रा पालेका छन् । प्रदर्शन गरिएको उक्त बोको ६० हजार रुपैया सम्ममा आफुले विक्रि गर्ने योजना समेत भएको उनले जनाए । दुई बर्षको उक्त बोकोट स्थानिय जातका बाख्रामा क्रस समेत गरिदै आएको थापाले बताए । उक्त वोकोबाट स्थानिय बाख्रामा एक पटक क्रस गरिएको ५ सय लिने गरेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button