१ करोड ठगी गरेको अभियोगमा कास्की, लमजुङ र तनहुँका ४ जना पक्राउ

पोखरा न्युज – २३ चैत्र ।

महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा बिहिबार  चार जनालाई पक्राउ गरेको छ ।

परिसरले सेना तथा अनुसन्धानका विभिन्न पदमा जागीर लगाइदिने तथा शान्ति सेनामा विभिन्न देश पठाइदिने भन्दै रु एक करोड १५ लाख ठगी गरेको भनिएका लमजुङका मोहन दुरा र पशुपति अधिकारी, तनहुँका यमुना खड्का तथा कास्कीका रमेश कुमाललाई पक्राउ गरेको हो । अभियुक्तलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच परिसरले जुवाको खालबाट करीब रु सात लाख सहित बुधबार एघार जनालाई पक्राउ गरेको छ । परिसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सहायतामा तास खेलिरहेका अवस्थामा छ थान तास र नगदसहित तिनलाई साँझ नियन्त्रणमा लिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button