न्यू ग्यालेक्सीमा एसइइ बास्केटल

पोखरा न्युज -१७, जेठ
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३, नदीपुर स्थित न्यू ग्यालेक्सी उच्च मा.वि. मा आजदेखि एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरूको मानसिक तथा शारीरिक किवासका साथै खालि समयको सदुपयोग होस् भन्ने उद्देश्यका साथ अन्तर विद्यालय दोस्रो न्यू ग्यालेक्सी एसइइ बास्केटबल टुर्नामेन्ट शुभारम्भ भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनज्यूको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा मित्र राष्ट्र जर्मनीबाट आएका जिम्न्यास्टीक फर अल जर्मनीका अध्यक्ष डेटलेफ मनले प्रमुख अतिथिको भूमिका निभाएका थिए भने कास्की पत्रकार मन्चका अध्यक्ष केशव पाठक, नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका निवर्तमान अध्यक्ष नेत्र सेन, कास्की जिल्ला ह्याण्ड बल संघका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ त्यसै गरी कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङ, विद्यालयका प्रमुख संरक्षक डा. राधेश्याम कायस्थ, डाइरेक्टर राजु कायस्थ, प्रिन्सिपल डा. रामजी शर्मा, विद्यालय व्यवस्थपन समितिका सदस्य सनकमान सि.के., विद्यालयका खेलकुद तथा अनुशासन इन्चार्ज साथै यस टुर्नामेन्टका संयोजक क्याप्टेन विरबहादुर गुरुङ, विज्ञान संकायका संयोजक दिपक अधिकारी, शैक्षिक विभाग प्रमुख भरत भण्डारी लगायत कक्षा ११ तथा १२ मा अध्यापनरत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

उक्त समुद्घाटन र्काक्रममा विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माज्यूले यस कार्यक्रमको आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै यस टुर्नामेन्ट यही महिनाको २० गतेसम्म जारी रहने जानकारी गराएका थिए । यसै टुर्नामेन्टका संयोजक क्याप्टेन वीरबहादुर गुरुङज्यूले सहभागी छात्र तथा छात्राहरुको टीमको बारेमा विस्तृत जानकारी दिएका थिए । यसैगरी प्रमुख अतिथिको तर्फबाट जिम्न्याष्टिक फर अल जर्मनीका अध्यक्ष डेटलेफ मनले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा खेलकुदले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने बारेमा बोल्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. एलियामा जोनले अनुशासन नै विद्यार्थीहरूको ठूलो गहना भएको र यसलाई अनुसरण गर्दै जीवनमा अघि बढ्दै गएमा सफलतै सफलता हात पर्ने कुरामा प्रकाश पारेका थिए ।

त्यसैगरी आजको खेलमा लिटिल स्टेप बी र मास सुटिङ स्टार बीच भएको खेलमा मास सुटिङ स्टारले ५५ स्कोर ल्याई जित्न सफल भएको छ । त्यसैगरी न्यू ग्यालेक्सी र एक्स बाल कल्याण बीच भएको खेलमा न्यू ग्यालेक्सीले ३० स्कोर ल्याई विजय हासिल गरेको थियो । त्यस्तैगरी लिटिल स्टेप ए र एन ब्रदर अर्घाै बीच भएको खेलमा एन ब्रदर अर्घाैले ५१ स्कोर ल्याई विजयी भएको थियो । लामाचौर पुन समाज ए र हिस्तान म्याग्दी बीच भएको खेलमा हिस्तान म्याग्दीले ६५ स्कोर ल्याई जित्न सफल भएको छ । एवम्रितले लामाचौर पुन समाज बी र सिद्धार्थ बीच भएको खेलमा लामाचौर पुन समाज बीले ४४ स्कोर ल्याई विजयी हात पारेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button