पोखरा न्यूज, २८ जेठ ।
तनहुँमा लागुऔषध सहित पोखराकी एक युवती र दोलखाका युबक पक्राउ परेका छन् ।
लुम्बिनीबाट पोखरातर्फ आउँदै गरेको बसबाट पोखरा लेखनाथ महानगरपालिका २ बस्ने १६ बर्षीय रोजी श्रेष्ठ र दोलखाको सुरी गाउपालिका ८ बस्ने २६ बर्षीय सागर खड्कालाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार दिउसो ४:३० बजेको समयमा तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा पोखरातर्फ आउँदै गरेको ना ४ ख ३५१७ नम्बरको बसबाट सिरिन्ज ४ थान, डाइजेपाम ४४ थान, फेनेरागन ४४ थान र नुफिन ४४ थान लागुऔषध सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।
पृथ्वी राजमार्गमा खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरु तनहुँमा पक्राउ परेका थिए । उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।