बागलुङमा सवारी दुर्घटनामा हुँदा ४ जना घाइते

पोखरा न्यूज- ८ असार ।

बागलुङको काठेखोला गाउँपालिका- ५ कालिमाटीमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याक्टरमा सवार ४ जना घाइते भएका छन् ।

जुकेपानीबाट कर्लिम तर्फ जादै गरेको ध १ त ३५९ नम्वरको ट्याक्टर दुर्घटनामा परेको हो । शुक्रबार बिहान  अचानक स्टेरिङ जाम भई ट्याक्टर सडक देखी करिब २० मिटर तल मकैबारीमा खस्दा  चालक सहित ४ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारको लागी अञ्चल अस्पताल धौलागिरी पठाईएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए  ।

घटनाको बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button