गोर्खाका कृषकमाझ कृषि मन्त्री

यान्त्रिकरणबाट उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

पोखरा न्युज -१७, असार ।
प्रदेश नं ४ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगर र सचिब शरदचन्द्र श्रेष्ठले गोर्खा जिल्लाको गण्डकी गाउँपालिकामा कृषकहरुसँग अन्तरक्रिया गरेका छन् ।

कृषकका गुनासा सुन्ने उदेश्यले मन्त्रालयले सुरु गरेको कृषकसँग मन्त्री कार्यक्रम अन्तर्गत गाउँपालिकाको वडा नं ७ र ८ का घ्याल्चोक र ज्यामिरघाटका तरकारी उत्पादक कृषकहरुबिच गरिएको हो ।

तरकारीको पकेट क्षेत्रको रुपमा रहेको त्यस वडाका कृषकहरुले उत्पादनको उचित मुल्य नभएको, बिचौलिया हावी रहेको, बजारीकरणमा समस्या, सिँचाई असुविधा, अुनदान र बिमा प्रभावकारी नभएको गुनासो पोखे ।

कृषक राजु रेग्मीले तरकारीको बजार मुल्य नहुँदा कृषक ऋणमा डुवेको भनाई राखे । उनले पोखरामा आफ्नो सहकारीको स्टल उपलव्ध गराईदिन माग गरे ।‘दुःख गरेर खेती ग¥यो तर मुल्य छैन । उत्पादनको मुल्य हामीले तय गर्नै पाउदैनौँ । तरकारी वेच्न पोखरामा स्टल पाए प्रतिनिधि राखेर वेच्थ्यौ।’ उनले भने ।

ज्यामिरघाटका कृषक दीपेन्द्र रेग्मीले सरकारले कृषकको मन जित्ने कार्यक्रम ल्याउन नसकेको भनाई राखे ।‘कृषि क्षेत्रमा १० अर्ब बजेट छुट्याएको सुनिन्छ । तर हाम्रोमा १० हजार पनि आउदैन ।’, उनी भन्छन्‘बजेट छुटिने तर उपलब्धि नहुने समस्या छ । अहिलेसम्म किसानको मन जित्ने कार्यक्रम आएको छैन ।’

मन्त्री लेखवहादुर थापामगरले मन्त्रालयको सोच र कृषकका मागमा तालमेल मिलेकाले समस्या संबोधन हुने बताए । ‘अब पुरानो तरिकाबाट उत्पादन वृद्धि र समृद्धि सम्भव छैन । कृषिमा नयाँ प्रविधि र यान्त्रीकरणबाट उत्पादन बढाउनु पर्दछ।’मन्त्री थापाले भने,‘प्रदेशमा पशुपालन र वागवानीको ४ सय वटा मोडल फार्मको कार्यक्रम कार्यान्वयन गरेर हेर्न लायक वनाउँछौँ।’ मन्त्री थापाले आगामी वर्ष व्यवसाय गर्न ईच्छुक १२ सय युवाहरुलाई तालिम दिने सोच मन्त्रालयले बनाएको र त्यसबाट उत्पादन वृद्धि र रोजगारीका अवसर सृजना हुने बताए ।

मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठले अब कृषि क्षेत्रको बिकासका लागि सबै पक्षले सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे । अहिलेको संघीय शासन प्रणालीमा स्थानीय सरकारले अनुगमन गर्ने हुँदा पहिला जस्तो लापरबाही नहुने र सहयोग कृषकको हातमा आईपुग्ने धारणा सचिब श्रेष्ठको छ ।‘बिगतमा २/४ जना बिज्ञले ठूला होटलमा बसेर बनाएको नीतिले किसानलाई संबोधन गरेन।कृषकको माझमै बसेर अन्तरक्रिया गर्ने, समस्या पहिचान गर्ने र त्यसलाई कार्यक्रम बनाएर समाधान गर्ने सोच हो।’ श्रेष्ठले भने ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोर्खा धादिङका प्रमुख केशबराज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय गोर्खाका प्रमुख यामकुमार श्रेष्ठ,मन्त्रालयका शाखा अधिकृत कमल पुन, वडा अध्यक्षहरु लगायत सहभागि थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button