पोखरा क्षेत्रबाट मिटरमा जान नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

पोखरा न्यूज – १८, असार ।

कास्की प्रहरीले पोखरा क्षेत्रमा मिटरमा जान नमान्ने २२ वटा  ट्याक्सीलाई  नियन्त्रणमा लिएको जनाएको  छ ।

पोखरा लेखनाथ महानगरपालिका लगायतका बिभिन्न क्षेत्रहरुमा मिटरमा जान नमानि बार्गेनिङ गर्दै सर्बसाधारण संग बढी भाडा लिने २२ वटा  ट्याक्सीलाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । ‘सोमबार पोखरा क्षेत्रमा हामीले गरेको ट्याक्सी अनुगमनको क्रममा मिटरमा नचलि मनोमानी रुपमा बार्गेनिङ गरी सर्बसाधारण संग बढी भाडा लिएको भेटिएपछी ट्याक्सी नियन्त्रणमा लिएका हौ’, – डिएसपी गुरुङले भने । नियन्त्रणमा लिएका ट्याक्सीलाई जरिवाना सहित आबश्यक कारबाही गरिने गुरुङले बताए ।

मिटरमा जान नमानेमा  वा  वार्गेनिङ गरी जवरजस्ती गरेमा प्रहरी कण्ट्रोल रुमको  १००, ट्राफिक प्रहरी कण्ट्रोल रुमको  १०३ अथवा ९८५६०३९५९९, ९८५६००५५५५  मा फोन सम्पर्क गर्न प्रहरीले सर्बसाधारणलाई अनुरोध  समेत गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button