पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने

पोखरा न्यूज -२२, असार । 
पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने भएको छ ।

नेपाली परम्परागत धान रोपाइँलाई परम्परागत हिसाबले देश बिदेशमा चिनाउने तथा त्यसको बारेमा अनुभब गराउने उधेश्यले सेदी बगरको समाधि अर्गानिक फार्मको २ हल क्षेत्रफलमा रोपाइँ महोत्सब गर्न लागिएको आयोजक मध्येका एक बिकाश क्षेत्रीले जानकारी दिए ।

नर्वे बसेर आएका नेपाली युवा क्षेत्री, हल्याण्डका बिदेशी नागरिक तोबी हिरेमा र स्थानीय अर्गानिक फार्मर राम पराजुलीले सयुक्त रुपमा महोत्सब आयोजना गर्न लागेका हुन् ।

बिशुद्ध नेपाली रोपाइँ संस्कृति जगेर्ना गर्ने उधेश्यले आयोजना गरिने महोत्सबमा बिदेशी पर्यटक संगै संगीतकर्मी, नेपाली युवा तथा स्थानियहरुको सहभागिता रहने आयोजकले बताएका छन् ।

आयोजकका अनुसार महोत्सब शनिबार बिहान ९ बजे शुरु भइ साझ ६ बजे समापन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button