मुस्ताङ दुर्घटनामा ज्यान गुमाएका मगर दम्पतीका छोराहरुलाई आर्थिक सहयोग

पोखरा न्यूज -२९, असार।
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा अघिल्लो शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमायाका छोरालाई आज समाजसेवी रमेशबहादुर भट्टराईले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेको मगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र छ वर्षीय विशेषणलाई कोठामा नै पुगी भट्टराईले उक्त रकम हस्तान्तरण गरेका हुन् । आजै एसोएस बालग्राम रामबजारका निर्देशक भगत श्रेष्ठसहितका पदाधिकारी आएर बालकबारे जानकारी लिएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button