मन्त्री बाँस्कोटाद्वारा पत्रकार गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी

पोखरा न्यूज -१२, साउन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिर्गाैलामा समस्या आई उपचार गराइरहेका पत्रकार राजबहादुर गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

पत्रकार गुरुङको पोखरा महानगरपालिका वडा नं १६ दीपस्थित निवासमा नै पुगी मन्त्री बाँस्कोटाले आज स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्  ।

भेटमा पत्रकार गुरुङलाई मनोबल उच्च राखेर उपचारमा लाग्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले व्यक्तिगत एवं सरकारकोतर्फबाट सहयोग गर्ने बताए ।

उक्त अवसरमा पत्रकार गुरुङले मिर्गौलामा समस्या भएका सर्वसाधारणले अस्पतालमा उपचारका क्रममा भोग्ने गरेका कठिनाइका साथै उपचार सर्वसुलभ हुन नसकेको लगायत विषयमा मन्त्रीलाई जानकारी गराए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button