लमजुङमा प्रहरीद्वारा घरेलु मदिरा बरामद

पोखरा न्यूज -१३, साउन ।

जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँसीशहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ ।

प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताए।

प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई प्राथमिकता राखेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

अवैध घरेलु मदिराको बिक्री वितरणमा कडाई गर्न थालेको प्रहरीले जिल्लाका सुन्दरबजार, मध्यनेपाललगायतका स्थानबाट पनि ठूलो मात्रामा घरेलु मदिरा जफत गरी नष्ट गरेको थियो । गस्तीका क्रममा बरामद गरिएका मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा नष्ट गर्ने प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआमरुपमा बिक्री भइरहेको पाइएपछि लमजुङ प्रहरीले अभियानकै रुपमा कडाई गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button