सरकारी सञ्चारमाध्यमको साधनस्रोत उपयोग गर्न सञ्चारमन्त्रीको आग्रह

पोखरा न्यूज -१३, साउन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गरेका छन् ।

उनले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिए ।

पोखरामा रहेको राससको जग्गा केन्द्रस्थानमा रहेको बताउँदै उनले प्रदेशको पनि संरचना भइसकेका अवस्थामा यसलाई राम्रो आम्दानी गर्ने गरी उपयोग गर्न सकिने उल्लेख गरे । सरकारी सञ्चारमाध्यमका छरिएर रहेका जग्गा संरक्षण गर्न आवश्यक रहेकामा पनि मन्त्री बाँस्कोटाले जोड दिए ।

मन्त्री बाँस्कोटालाई रासस गण्डकी प्रदेश कार्यालयको भौतिक अवस्थाका साथै कार्यालय र अन्तर्गतका जिल्लाबाट सम्प्रेषण भइरहेका समाचार सम्बन्धमा उपसमाचारदाता वासुदेव पौडेलले जानकारी  दिएका थिए ।

मन्त्री बाँस्कोटाले आजै पोखरास्थित नेपाल टेलिकम, क्षेत्रीय हुलाक निर्देशनालय र रेडियो नेपालको प्रदेश प्रसारण कार्यालयको निरीक्षण गरी बदलिँदो समयको मागलाई दृष्टिगत गरी सोहीअनुरुप देश र जनतालाई केन्द्रमा राखेर क्रियाशील हुन निर्देशन दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button