नदिपुरमा जारी भलिबल प्रतियोगितामा पुरुष भेट्रान्स तर्फको उपाधीका लागी रामबजार र घान्द्रुक भिड्ने

पोखरा न्यूज- १७,भदौ ।

लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको पुरुष भेट्रान्स तर्फको उपाधीका लागी सोमबार रामबजार क्लब र डाँफे क्लब घान्द्रुक भिड्ने भएका छन ।

पोखराको नदिुपर स्थित छन्त्याल समाजको खेल मैदानमा आइतबार सम्पन्न पुरुष भेट्रान्स तर्फको पहिलो सेमिफाईनल खेलमा तनहुँ क्लबलाई २५–१०, २५–१५ र २५–२२ को सेटले हराउदै रामबजार क्लबले फाईनलको यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाईनल खेलमा लामाचौर क्लबलाई २५–१९, २५–१२ र २५–८ को सेटले पराजित गर्दै डाँफे क्लब घान्द्रुकले फाईनलमा रामबजार सँगको भेट पक्का ग¥यो ।

त्यसैगरि महिला तर्फ भएको पहिलो सेमिफाईनल खेलमा टप्स माबि टिम “ए” ले २५–१३, २५–९ र २५–२१ को सेटले टिजि गर्लस् दुलेगौडालाई पाखा लगायो ।

खराब मौसमका कारण महिला तर्फको दोस्रो सेमिफाईनल खेल र पुरुष तर्फको दुबै सेमिफाईनल खेल आईतबार सञ्चालन हुुन नसकेको बताउदै सम्पुर्ण सेमिफाईनलका खेलहरु सहित फाईनल खेलहरु सोमबार खेलाईने फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

उनका अनुसार महिला तर्फको सेमिफाईनलमा टप्स माबि टिम “बि” र एसियन सु ईन्डष्ट्रि लामाचौर प्रबेश गरेको छ भने पुरुष तर्फ हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र भकुण्डे, एपिएफ टोली मालेपाटन र बाग्लुङ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्रदान गरिने फाउण्डेशनका अध्यक्ष गुरुङले बताए ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सुशान्त गाहा मगर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button