पोखरा न्यूज – ०४ असोज ।
पोखरातर्फ आउदै गरेको पर्यटक बसले ठक्कर दिँदा तनहुँमा १ जना घाइते भएका छन् ।
काठमाण्डौबाट पोखरातर्फ आउदै गरेको बा १ प १२८० नम्बरको पर्यटक बसले पृथ्बी राजमार्गको तनहुँ बन्दिपुर गाउँपालिका -४ नयाँपुलमा बुधबार ग १४ प ८२५४ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक नवलपरासीको बाउदिकालि गाउँपालिका -१ का २१ बर्षीय बुद्दिराज थापा घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार घाइते थापाको लक्ष्मि अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।
प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।