गोरखामा चेक नागरिक बेपत्ता

पोखरा न्यूज- १७, असोज ।

मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् ।

यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने पहिलो आधार शिविरको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख विमल बस्नेतले जानकारी दिए ।

उनीहरु माउन्टट्रेक्सन नेपाल कम्पनीबाट हिमाल आरोहणका लागि गएका थिए । आधार शिविरमा नआएपछि उनका साथीहरुले चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँ प्रहरी चौकीमा साथी हराएका बारे खबर गरेका थिए ।

बेपत्ताको सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलीले आधार शिविर आसपासमा खोजी गरिरहेकोे बताइएको छ । आधार शिविरबाट प्रहरीचौकी सामागाउँ आइपुग्न करीब चार दिनको पैदल दूरी पर्ने भएकाले ढिलो गरी जानकारी आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button