पोखरामा ठुलो मात्रामा लागुऔषध, २ कार र नगदसहित २ जना पक्राउ

पोखरा न्यूज – ०६ मंसिर ।

पोखरामा ठुलो मात्रामा लागुऔषध बिक्रि वितरण गर्ने ब्यक्ति पक्राउ परेका छन् । पोखरा – ११ तुल्सीमार्ग स्थित सडक छेउमा पार्कीङ गरी राखेको दुईवटा कार र नगद सहित २ जना लागुऔषध कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रुपन्देही जिल्ला घर भई पोखरा-९ नयाँबजार बस्ने ३८ बर्षीय उदय कुमार गुप्ता र तनहुं ब्यास नगरपालिका-११ भादगाउँ घर भई पोखरा-११ रानीपौवा बस्ने ३३ बर्षिया गिता भनिने मनु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । प्रहरीले उनीहरुलाई लागुऔषध र नगद सहित ग २ च ८३६३ नम्बरको कारबाट पक्राउ गरेको र सँगै शंकास्पद अबस्थामा रहेको अर्को ग १ च ४३२७ को कार पनि लागुऔषधसहित फेला परेको उनले जनाए ।

प्रहरीले उनीहरुको साथबाट नर्फिन ३ सय ९१, डाईजापाम ४ सय ४, फेनरागन ३ सय ८१ गरि १ हजार १सय ७६ थान लागुऔषध, २४ बोतल PHENSEDYL, २ लाख ४२ हजार ३ सय ३७ नेपाली रुपैया तथा ७ हजार ७ सय ३० भारतिय रुपैया, सुन जस्तो देखिने ४ तोला ८४ लालको सिक्री, बैक तथा आई.एम.ई. रेमिट जम्मा भौचर बरामद गरेको डिएसपी गुरुङले उल्लेख गरे ।

कास्की प्रहरीको १२ बुद्धे कार्ययोजना अन्तर्गत नियमित रुपमा हप्तामा १ दिन गरिने स्वीप अपरेसन अन्तर्गत बुधबार बडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको डिएसपी गुरुङले बताए ।

गुप्ता यस अगाडी २०७०/७१ सालमा लागुऔषध मुद्दामा पक्राउ परी २ बर्ष कैद सजाय भोगि १ लाख रुपैया जरिबाना तिरी छुटेका अभियुक्त हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button