गण्डकी प्रदेशका ३ स्थानिय तहमा अझै बैंक पुग्न सकेनन

डिएनबी, पोखरा न्यूज – १३, पुष ।

गण्डकी प्रदेशका तीन स्थानीय तहमा अझैं पनि बाणिज्य र्बैकको पहुच पुग्न सकेको छैन। शुक्रबार पोखरामा आयोजना भएको संघीय संरचनामा आर्थिक गतिविधि अध्ययन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतः गर्दै नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका निर्देशक हिमप्रसाद न्यौपानेले गण्डकी प्रदेशका अझै पनि ३ वटा स्थानिय तहमा बाणिज्य बैंकको स्थापना गर्न नसकिएको बताएका हुन ।

गण्डकी प्रदेशमा ८५ स्थानिय तह मध्ये  हालसम्म गोर्खा २ र मनाङको एक स्थानिय तह बाहेक  ८२ वटा स्थानिय तहमा बैकिङ सेवा पुगेको उनले जनाए  । गण्डकी प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ वटा गाँउपालिका रहेका छन्। देश संघिय संरचनामा गएसंर्गै हरेक स्थानिय तहले अनिवार्य रुपमा क बर्गको बाणिज्य बैंकबाट कारोवार गर्नु परेकोले हाल गोर्खाको धार्चे र गण्डकी त्यसै गरी  मनाङको नार्पा भूमि गाउँपालिकामा क बर्गको बैकिङ सेवा पुग्न नसक्दा स्थानिय तहबाट बैंकिङ कारोवार गर्न कठिन भएको छ । गण्डकी प्रदेशका उक्त स्थानिय तहमा अत्यावश्यक सेवा पुग्न नसकेको भन्दै बैंकहरु नगएको र्बैकर्सहरु बताउछन।  

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागको आयोजना एवम् राष्ट्रबैंक पोखरा कार्यालयको संयोजनमा भएको कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धि हासिल गर्न बैंकहरुले सरल र सहज ढंगले ऋण प्रवाह गर्न आग्रह गरे । वास्तविक कृषकहरुको पहिचान गरी उनीहरुलाई उत्पादन बढाउने गरी लगानी गर्न आग्रह गर्दै उनले गोर्खाका दुई स्थानिय तहमा अब छिट्टै बैंक स्थापना गर्न सकिने बताउदै मनाङको स्थानिय तहमा केहि जोखिम लियर भए पनि बाणिज्य बैंक स्थापना गर्न आग्रह गरे । गोर्खाका दुई स्थानिय तहमा हाल विकासको लगभग सवै जसो पुर्वाधार पुगेको उनले बताए ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेशमा धेरै बैंकहरु भए पनि कुनै ठुलो अर्ब बराबरको रकम आवश्यक पर्ने आयोजनामा बैंकहरुले अहिलेको अबस्थामा लगानी गर्न नसक्ने भएको दाबी गरे । प्रदेशगत रुपमा अझै पनि वास्तविक तथ्याङ्क पाप्त हुन नसकेको गुनासो गर्दै उनले यकिन तथ्याङकका आधारमा यहाँको निती तथा कार्यक्रम सहितको विकासका गर्न सहयोग पुग्ने जनाए ।

विभिन्न बैंकिङ एवम् संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा सहभागिले गण्डकी प्रदेशको आथिक समृद्धि हासिल गर्न स्थानिय उत्पादनसंगै सहकारीलाई राम्रोसंग नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button