पर्यटन प्रवर्द्धन गर्न गण्डकी प्रदेशमा सांस्कृतिक ग्राम निमार्ण गर्ने : मुख्य मन्त्री गुरुङ

डिएनबी, पोखरा न्यूज – १०, माघ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेशको पर्यटन प्रवर्द्धन गर्न प्रदेशमा सांस्कृतिक ग्राम निमार्ण गर्ने बताएका छन्।

फेवा टेलिभिजनको प्रथम फेवा आईडल २०७५ को बिहिबार पोखरामा उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनको लागि प्रदेश सरकारले सबै जात जातिको कला, संस्कृति संरक्षण गर्दै प्रदेशमा सांस्कृतिक ग्राम निमार्ण गर्ने भएको बताएका हुन् ।

जिवित संग्राहलयको रुपमा आफुहरुले विकसित गर्दै लैजाने उद्धेश्यले प्रदेशले सांस्कृतिक ग्राम निमार्ण गर्ने तयारी गरेको जनाउदै उनले हाल जग्गाको खोजि कार्य भएको उल्लेख गरे । उनले भने “ हाम्रो गण्डकी प्रदेशमा धेरै सांस्कृतिक विविधता रहेको छ, यहाँ धेरै जनजाति र भेषभुषा छ, अब यसलाई जोगाउदै हामीले जन्म देखि मृत्यू हुँदासम्मका संस्कारहरु समेत जानकारी गराउने उद्धेश्यले ठुलो लगानीमा सांस्कृतिक ग्राम बनाउने परिकल्पना गरेका हौं ।” उनले भने “ कसैले स्वर्ण छ भन्छन यो संसारमा मैले देखेको छैन्, तर पनि कसैले स्वर्ण छ भन्छन भने त्यो गण्डकी प्रदेशमै छ । ”

गण्डकी प्रदेशमा हिमाल देखि तराईसम्म, शेर्पा देखि थारुसम्मका जनजातिहरुको बसोबास भएको, प्रकृति र संस्कृतिको धनि यस प्रदेशमा कसैले स्वर्ण छ भन्छन भने यसै प्रदेशमा भएको उनको दाबी थियो । प्रकृति र संस्कृतिलाई समृद्धिसंग जोडेर अघि बढाउनु पर्ने मुख्य मन्त्रीको भनाई छ । फेवा आईडल गण्डकी प्रदेशको कला संस्कृतिको मात्र पहिचान नगरी राष्ट्रिय पहिचान गराउने अभियानमा लागेको उनले बताए । उनले अन्तराष्ट्रिय सांस्कृतिक समेत प्रदर्शन गरी उक्त कार्यक्रमलाई अन्तराष्ट्रियकरण गर्दै अघि बढ्न सुझाव दिदै उक्त कार्यक्रमको लागि आवश्यक सहयोग गर्ने वचन दिए ।

पुर्व उप–प्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले देश नयाँ संरचनामा प्रबेश गरेकोले अब देशको विकासको आधार तयार भएको बताए । अब विकासले दिन दुइृ गुणा रात चार गुणा बृद्धि हुने उनले जनाए । गण्डकी प्रदेशका सांसद दीपक कोईरालाले राष्ट्रियता र आर्थिक समृद्धिको लागि फेवा आईडल जस्ता महत्व राख्ने कार्यक्रम आवश्यक भएको बताए । नलवपुर नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दानीयाले गण्डकी प्रदेशमा रहेको कला संस्कृतिलाइ् संरक्षण गर्न सके यसबाट पर्यटन प्रबद्र्धन हुने जनाए ।

फेवा टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । यस अघि पोखराको नयाँबजारबाट सुरु भएको सद्भावना र्‍याली, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्बीचोक हुदै प्रदर्शनीकेन्द्रमा पुगेर टुगिएको थियो । र्‍यालीमा पन्चे बाजा सहित विभिन्न जनजातिको झाँकी समेत प्रर्दशनी गरिएको स्टेशन म्यानेजर हेमराज अधिकारीले बताए ।

फेवा आईडलमा गण्डकी प्रदेशका ९ जिल्लाका १४ टिमले फाईनल राउण्डमा प्रतिष्प्रर्धा गर्ने भएको फेवा टेलिभिजनका प्रबन्ध निर्देशक लिला बहादुर जिसीले बताए । उनका अनुसार विजेताले ३ लाख ५० हजार, उपविजेताले २ लाख तेश्रो हुनेले एक लाख ५० हजार र शान्त्वना हुनेले एक लाख पुरस्कार पाउने भएकाछन् । फाईनल राउण्डमा प्रबेस गरेका १० टिमलाई जनही ३० हजार प्रदान गरिने भएको संचालक मध्यका एक सुरज श्रेष्ठले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button