हेर्नुहोस् नायक पल शाहको सानी (भिडियो)

पोखरा न्यूज – १५, माघ ।

गीत संगीतमा लाग्ने कलाकारको निम्ति गीत संगीत एक नशा हो भन्दा फरक नपर्ला । जहाँ गए पनि जे गरे पनि संगीतको दुनियाँमा उनिहरु हराइरहेका हुन्छ्न। दिल र दिमागमा संगीत प्रतिको माया , नाम सम्मानको लोभ र तेस्ले दिने खुशीको लागि उनिहरु आफ्नो सिर्जनाबाट दर्शक सोर्ताको मनमुटुमा बसेका हुन्छ्न्।

केही वर्ष अघि ३ वटा एल्बम सार्वजनिक गरिसकेका गायक सुदुन गैरे केही समय म्युजिक फिल्ड बाट टाढिएर अमेरिका पुगे । तर उनले संगीतलाई छोडे पनि संगीतले उनलाई कहिले छोडेन । बिचमा केही सोलो गीत सार्वजनिक गरेका यी गायकले फेरि नयाँ उर्जा र जोशका साथ आफ्नो नयाँ गीत सानी लिएर आएका छन।

सुदन गैरेको स्वर , शब्द संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ गरेका हुन।

म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button