जिल्ला जिल्लामा क्यान इन्फोटेकको प्रचार–प्रसार

पोखरा न्यूज- ०४, फागुन ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारीलाई तीव्र  बनाएको छ ।

फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्की सहित प्रदेशका अन्य जिल्लामा पनि प्रचार–प्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । प्रचार–प्रसार कै क्रममा क्यानले स्याङजामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गराएको छ । उक्त अवसरमा बोल्दै क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पुर्याउने बताए । अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

यसैबीच इन्फोटेकमा राखिने स्टलहरु मध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । ‘बाँकी स्टल पनि बुकिङ हुने क्रम जारी छ,’ उनले भने । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने बताइएको छ ।

क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुनेछ । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले साथ दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button