पोखरामा स्थानीयको करोडौं रकम ठगि गरेर महिला सम्पर्क बिहिन

लाखौं सापट दिएकाहरु वोल्न नसक्ने अवस्थामा

पोखरा न्यूज – १६, चैत । पोखरामा विभिन्न वहानामा करोडौं रुपैया ठगि गरेर एक महिला केहि दिन देखि सम्पर्क विहिन भएकी छन्। पोखराको गणेशटोल निवासी जसुदा पौडेलले विभिन्न वहानामा आफन्त सहित पोखराका केहि व्यत्तिहरुसंग करोडौं रुपैया  संकलन गरी केहि दिनदेखि सम्पर्क विहिन  भएकि छन्।

केही व्यक्तिसंग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघि देखि उनका आफन्त सहितका साथीहरुसंग प्रति व्यक्ति २० लाख देखि २ करोड भन्दा बढी रकम सम्म संकलन गरेको गोप्य स्रोतले जनाएको छ । उनका नजिकका आफन्तहरु र बढी नजिक भएका साथीहरुलाई  उनले विश्वासमा  लिदै लाखौं रकम संकलन गरी सम्पर्क विहिन हुदा विभिन्न कारणले रकम दिएकाहरु अहिले  चिन्तित भएका छन् । पौडेललाई यस बिषमया हाल बुझ्न सम्पर्क गर्न खोज्दा कुनै सम्पर्क हुन सकेको छैन्। उनको मोवाइल स्विच अफ छ ।

पोखरा महानगरपालिका शिशुवाका विशाल बाँस्तोलाले पौडेललाई विगत एक बर्ष अघि ५५ लाख रुपैया दिएका थिए । ६ महिना सापटी रुवरुप दिएका उनले एक बर्ष हुदा सम्म पटक पटक रकम लिन खोज्दा हुन्छ, हुन्छ भन्दै भाका राखेको उनी विगत केहि दीन देखि सम्पर्क विहिन हुदा आफुहरु अन्यौलमा परेको गुनासो गरे ।

पौडेलको मासु पसल समेत रहेकोले बास्तोलाले करिब १२ लाख मुल्य बराबरको कुखुराको मासु समेतको रकम लिन बाँकी रहेको जनाए । त्यसैगरी सरस्वती क्षेत्रीले पनि पौडेललाई ५५ लाख रुपैया दिएको तर केहि दीन देखि उनी सम्पर्क विहिन भएको क्षेत्रीले गुनासो गरिन ।

पौडेलले पोखरा सभागृहकी शोभा बाँस्तोलासंग समेत २० लाख रुपैया तत्काल काम गर्नु पर्यो भन्दै अनेक विलौना गरी उक्त रकम लगेकी बाँस्तोलाले बताइन्।

जसुदा पौडेलको बिषयमा पुर्व पती सुरेन्द्रमणि पौडेललाई बुझ्न खोज्दा उनले विगत तीन महिना अघि उनीसंग सम्वन्ध विच्छेद (डिभोर्स) भएको बताए । उनले भने “ म एक कर्मचारी हुँ, मेरो श्रीमतीले हाम्रो क्षमता भन्दा बढी आर्थिक कारोवार गर्न थाले पछि, घरमा विवाद भए पश्चात उनले नै मसंग डिभोर्स माग गरे पछि मैले डिभोर्स दिएको हुँ । ”

आफ्नी श्रीमती बढी महत्वकाक्षी भएर लाग्दा हाल आफ्नो परिवार नै विचिल्ली भएको सुरेन्द्रमणिले बताए । डिभोर्स भए पनि उनीहरु गणेशटोलमै एकै घरमा बस्दै आएकोले गर्दा जसुदालाई रकम दिएकाहरुले डिभोर्स भएको कुरा सुन्दा हाल अचम्मित भएकाछन्।

तेज जेनिया कम्पनीको समेत करिब एक करोड २० रुपैया हिनामिना गरी पौडेल  सम्पर्क विहिन हुँदा कम्पनीका संचालक मध्यका एक गणेश केसी निकै चिन्तित भएका छन् । उक्त कम्पनीको बिजनेस पार्टनर समेत भएकी पौडेलले अन्य संचालकहरुसंग विभिन्न बाहानामा रकम संकलन गरेको उनीहरुले गुनासो गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button