पोखरा न्यूज – १९, चैत । पोखरामा प्रहरीले मंगलबार एकैपटक ३१ वटा ट्याक्सी नियन्त्रणमा लिएको छ । प्रहरीले मंगलबार नै यात्रुलाई दुर्व्यवहार गर्ने एक चालकलाई समेत पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला ट्राफिक कार्यालय कास्कीको कार्यालय नजिक पृथ्बीचोक, हस्पिटलचोक, लेकसाइड लगायतका क्षेत्रबाट मंगलबार ३१ वटा ट्याक्सी चालक माथि कारवाही स्वरूप ट्याक्सी नियन्त्रणमा लिएको हो । कास्कीका प्रहरी प्रमुख एस.पी. ओमबहादुर रानाको निर्देशनमा पोखरामा मिटरमा ट्याक्सी संचालन नगरेका २९ वटा ट्याक्सी कारवाहीमा परेका हुन् । सोमबार एक यात्रुले पोखराको पृथ्बीचोकमा मिटरमा ट्याक्सी संचालन नभएको भन्दै दुई वटा ट्याक्सी उपर उजुरी गरेसंगै कास्की प्रहरीले सादा पोशाकमा प्रहरी खटाएर मिटरमा ट्याक्सी संचालन नगर्ने २९ वटा थप ट्याक्सी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५०, ग १ ज ३५०५, ग १ ज ३४५९, ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५, ग १ ज ३००२, ग १ ज २५११, ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८ र ध १ ज ८०० नम्बरका ट्याक्सी चालक कारवाहीमा परेका हुन् ।
पोखरामा पटक पटक मिटरमा ट्याक्सी संचालन गर्ने सहमती हुँदा चालकहरुले अटेर गरेकोले उनीहरु उपर कस्तो कारवाही भन्ने बिषयमा बुधबार छलफल गरी निर्णय गर्ने भएको कास्कीका ट्राफिक प्रमुख मुराहरी मिश्रले बताए । पोखरामा कसैले मिटरमा ट्याक्सी संचालन नगरेको कुनै यात्रुले खबर गरेमा आफुहरुले तत्काल कारावाही गर्ने समेत उनले बताए ।
पोखरामा संचालन हुने ट्याक्सी अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भए पनि हाल पोखराका अधिकांस ट्याक्सी चालकहरुले मिटरमा ट्याक्सी संचालन नगरी दादागिरी देखाउन थालेका छन् । पोखराको पृथ्बीचोक (बसपार्क) मा मंगलबार ट्याक्सी चालकहरुले एक यात्रु दीननाथ बराल माथि दुर्व्यवहार गरेका छन्। पृथ्बीचोकबाट नदीपुर कोठामा ट्याक्सीमा जान खोज्दा मिटरमा ट्याक्सी संचालन नगर्ने भन्दै बराल माथि दुर्व्यवहार गर्ने एक ट्याक्सी चालक अनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई वडा प्रहरी कार्यालय बैदामा नियन्त्रणमा राखिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले बताए ।
यात्रुकै हिसाबले ट्याक्सी चढ्न लागेका बरालको टिसर्टमा समातेर तेरो टिसर्टमा त कति ठगिएको छस थाहा छ तलाई भन्दै हातपात गरी दुर्व्यवहार गरेको बराल बताउछन्। उनले मिटरमा चल्न नमान्ने ग १ ज ४२२०, ग १ ज ५१८४ को ट्याक्सि चालकलाई कारवाहीको माग गरेका थिए । यात्रु बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव, पोखरा न्यूज डटकमका सह-सम्पादक, रेडियो अन्नपुर्ण र कारोवार दैनिकमा आवद्ध छन्।
यो पनि पढ्नुहोस् :-





