पोखरामा आज पनि १० ट्याक्सी कारवाहीमा, बढी पैसा लिए फिर्ता गराउने एसपी रानाको दाबी

पोखरा न्यूज – २१, चैत । गण्डकी प्रदेशको राजधानि पोखरामा मिटरमा ट्याक्सी संचालन नगरेका ३१ ट्याक्सी माथि एकै दिन मंगलबार कारवाही हुदा पनि ट्याक्सी चालकको ठगी कायमै रहेको छ ।

आज बिहिबार मात्र यात्रु ठग्ने नियतले मिटरमा ट्याक्सी संचालन नगरेका १० वटा ट्याक्सी चालक माथि कारवाही भएको छ । यात्रु ठगिएको गोप्य सुचनाको आधारमा र सादा पोसाकका प्रहरीले अनुगमन गर्दा बिहिबार पोखराका विभिन्न ठाँउबाट १० वटा ट्याक्सी चालक सहित ट्याक्सी नियन्त्रमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्रले पोखरा न्युजलाई बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्याबस्था कार्यालय गण्डकीमा पठाइने भएको उनले जनाए । उनले भने “ हामीले पोखरा जस्तो पर्यटकीय नगरीमा कुनै पनि हालतमा मिटरमा ट्याक्सी संचालन गरी छाड्छौं, मिटरमा नचल्ने ट्याक्सीलाइ कारवाहीको दायरामा ल्याउन छाड्दैनौं, यो हाम्रो अभियान सुरु भएको छ । ”

कुनै यात्रु कुनै पनि ट्याक्सीको यात्रा गर्दा ठगिन पुगेमा वा मिटरमा ट्याक्सी संचालन नगरेमा १००, १०३ मा सम्पर्क गरी नम्बर टिपाउन प्रमुख मिश्रले आग्रह गरेका छन्। उनले भने“ पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने हाम्रो अभियानमा सबैले साथ दिनुहोस  एक मिहना भित्र पोखरामा मिटरमा ट्याक्सी गुडेको छ भनि हामीले शन्देस दिन सक्छौं, यदी जो कोहि ट्याक्सीबाट ठगिन पुगेमा हामीलाई सम्पर्क गर्नु तपाइहरुको नाम हामी गोप्य राख्छोैं, हामीले श्रोतको कुनै पहिचान खुलाउदैनौं । ”

पोखरामा मिटरमा ट्याक्सी संचालको बिषयमा एक जना यात्रु माथि दुब्यवहार भएसंगै ट्याक्सी चालक अनिल गुरुङ एक दिन थुनामा परेका थिए । सोही दिन मंगलबार देखि कास्की कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको निर्देशनमा पोखरामा मिटरमा ट्याक्सी संचालन गर्ने अभियान सुरु भएको छ ।

एसपी  रानाले पोखरामा कोही यात्रुले  बढी भाडा तिर्नुपरेमा तिरेको रकम र गाडी नम्बर प्रहरीलाई टिपाएको खण्डमा प्रहरीले ट्याक्सीलाई कारवाही गर्ने र तिरेको रकम समेत फिर्ता गराउने बताएका छन्  । उनले पोखरा न्यूज सँग भने – ” यदि कोहि चालकले मिटरमा जान नमानेर बढी पैसा माग्छ भने पैसा दिनुस अनि ट्याक्सीबाट झरेपछी ट्याक्सी नम्बर र तिरेको पैसा बारे प्रहरीलाई खबर गर्नुहोस् हामी पैसा फिर्ता गराउछौ ।”  यदि कोहि यात्रु बाहिरको भएमा आफ्नो बैंक खाता नम्बर दिएमा बैंक खातामै रकम जम्मा गरिदिने एसपी रानाको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button