पुम्दीकोट धार्मिक, प्राकृतिक र सौन्दर्यका दृष्टिले गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य : मेयर जिसी

पोखरा न्यूज – ०१ , बैशाख । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा २२  स्थित पुम्दीकोटमा निमार्ण हुदै गरेको विशाल महादेवको मुर्ति सहितको भौतिक संरचना निमार्णले पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन्। धार्मिक सहित प्राकृतिक र सौन्दर्यका दृष्टिले अत्यन्त महत्वपुर्ण स्थल भएकाले पर्यटनका हिसाबले पुम्दीकोट गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य रहेको मेयर जिसीले उल्लेख गरे ।

पुम्दीकोट कोट विकास समितिको शनिबार सम्पन्न भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै मेयर जिसीले पुम्दीकोट आफैमा पर्यटकीय स्थल भएकोले उक्त क्षेत्रमा बिशाल महादेवको मुर्ति स्थापना हुनुले धार्मिक पर्यटनको हिसाबले समेत उत्कृष्ट गन्तव्य हुने भएको बताएका हुन् ।

पुम्दीकोटको बिकासका लागि सबै लाग्नुपर्ने उल्लेख गर्दै मेयर जिसीले समितिले ४० करोडको बृहत योजना अघि सारेकोमा उक्त अभियानलाइ सफल पार्न महानगरले सक्दो सहयोग गर्ने जनाए । उनले भने “ यहाँको धार्मिक पर्यटनको गन्तव्य बनाउन अब सबै स्थानियहरु जाग्नु पर्छ, पुम्दीकोटसम्म जानको लागि कम्तिमा दुई लेनको ८ मिटरको सडक आवश्यक पर्छ, त्यसमा मन खुलेर सहयोग गर्नु होस, तपाईको क्षेत्रमा पर्यटकको होइरो नै लाग्छ । ”पुम्दीकोटामा मनोरेलको कुरा भन्दा ट्रमाको सम्भावना रहेको उनले बताए ।

समितिका सल्लाहकार हिमलाल बरालले आफुहरुले पुम्दी भुम्दीको सांस्कृतिक धरोहरको रुपमा रहेको पुम्दीकोटलाई बृहत विकास गर्ने उद्धेश्यले विभिन्न योजना अघि सारेको प्रष्ट पारे । समितिका अध्यक्ष चन्द्रकान्त बरालले आगामी एक बर्ष भित्रमा बिशाल महादेवको मुर्ति राखिने गरी हाल निमार्ण कार्य तिव्र पारिएको बताए । आफुहरुले महायज्ञ देखि विभिन्न चन्दादाताले दिएको रकमलाई सहि ढंगले सदुपयोग गर्ने अध्यक्ष बरालले बताए । ५ बर्ष भित्र आफुहरुले ४० करोडको बृहत योजना अघि सारि राख्दा हालसम्म १५ प्रतिशत मात्र काम भएको उनले जनाए ।

समितिले हालसम्म १८ वटा व्यपारीक प्रयोजनको लागि सटर सहित १८ वटा कोठाहरु समेत निमार्ण गरेको अर्थ समितिका संयोजक डिल्लीराम बरालले बताए । उनका अनुसार उक्त संरचना सहित अन्य काममा करिब ६ करोड खर्च भएको छ । समितिमा हाल करिब ४० लाख रहेको उनले जनाए ।

कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बराल, सचिव रामप्रसाद पौडेल, सचिव नरहरी बराल लगायतले वोलेका थिए । मुर्तिको वरिपरि १ सय ८ शिवलिङग् निमार्ण गर्ने र मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गरिरहने सहितको मुर्ति निमार्ण गर्ने, ध्यान केन्द्र निमार्ण गर्ने,पार्किङ लगायतका योजना रहेको अध्यक्ष बरालले बताए ।

पुम्दीकोट कोट विकास समितिको अध्यक्षमा पुनः चन्द्रकान्त

पुम्दीकोटको बृहत विकास गर्ने उद्धेश्यले गठन भएको पुम्दीकोट कोट विकास समितिको अध्यक्षमा पुनः चन्द्रकान्त बरालको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन भएको छ ।

शनिबार भएको भेलाले आगामी दुई बर्षको लागि बरालको अध्यक्षमा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन गरेको  हो । समितिको उपाध्यक्षमा हिमलाल बराल, सचिवमा नरहरी बराल, कोषाध्यक्षमा कमला बराल, सदस्यहरुमा प्रकाश बराल, डिल्लाराम बराल, बिष्णु प्रसाद बराल, लक्ष्मि बराल, दण्डपानी बराल, गोविन्द प्रसाद बराल, टेकनाथ बराल (राजु) र चण्डीका प्रसाद बराल रहेका छन्।

पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका समाजसेवी नरहरी बरालको संयोजकत्वमा ठगन भएको निर्वाचन कमिटिले सर्वसम्वत रुपमा उक्त कार्यसमिति चयन गराएको हो । सहसचिव भने पछि मनोनित गर्ने भएको बताइएको छ । निर्वाचित भए पश्चात अध्यक्ष बरालले पुम्दीकोटोको बृहत विकासको लागि सवैसंग समन्वय गरी अघि बढ्ने बताए । दाताले दिएको रकमलाई सहि ढंगले सदुपयोग गरी धार्मिक पर्यटनको हबको रुपमा पुम्दीकोटलाई केहि बर्षमा स्थापना गरी छाड्ने दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button