पोखरामा सम्पन्न एशियन ट्राईयाथलनको उपाधि जापानका मकातोलाई

दक्षिण एशियालीमा नेपालका थारुलाई उपाधि

पोखरा न्यूज – १४, बैशाख । नेपाल मै पहिलो पटक शनिबार पोखरामा आयोजना भएको एयिशन कप ट्राईयाथलन प्रतियोगिताको उपाधि जापानका मकातो डाकुराले जितेका छन् ।

शनिबार पोखराको लेकसाइडमा भएको ७५० मिटर स्विमिङ ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ र ५ किलोमिटरको दौड ५४ मिनेट १६ सेकेण्डमा पार गरी  मकातोले उपाधि जितेका हुन्। उक्त प्रतियोगितामा पहिलो पटक सहभागि भएका उनले पौडीको लागि फेवाताल अनुकुल भए पनि साइक्लिङ र दौडमा भने खुल्ला सडकमै हुदा जोखिम भएको बताए ।

त्यसै गरी पोल्याण्डका म्याकोन्तोस दोश्रो भए भने कोरीयाका जिवान किङ तेश्रो भए । म्याकोन्तोसले निर्धारित दुरी ५४ मिनेट ३३ सेकेडमा पार गरे भने किङले ५५ मिनेट २ सेकेण्डमा उक्त दुरी पार गरेका हुन्।

महिला तर्फको एयिशन कप ट्राईयाथलन कोरीयाकी लेजीङ प्रथम भएकी छन् । त्यस्तै प्रतियोगितामा जापानकी कोनामी दोश्रो र जापानकै टाका मिनी तेश्रो भइन् । लेजीङले १ घन्टा २ मिनेट ५६ सेकेन्ड उक्त दुरी पार गरी प्रथम भइन । जापानकी कोनामीे ले उक्त दुरी १ घन्टा ३ मिनेट ५१ सेकेन्डमा पार गरी दोश्रो र ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डमा उक्त दुरी पार गरी तेश्रो भइन् ।

एशियन कप प्रतियोगिता कै अवसरमा दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप समेत आयोजना भएको छ । दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा नेपालका वसन्त थारुले उपाधि जितेका छन्। उक्त दुरी उनले १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पार गरी उपाधि जितेका हुन् ।

आर्मीका थारुले यस अघि दक्षिण एशियाली ट्राईयाथलनमा ६ पटक सहभागि हुदै २ पटक स्वर्ण पदक र तीन पटकसम्म कास्य पदक जितेका थिए । १ घण्टा ७ मिनेट ३ सेकेण्डमा उक्त दुरी पार गरी भारतका लोकेस कुमार दोश्रो भए । त्यसै गरी १ घण्टा ८ मिनेटमा उक्त दुरी पार गरी नेपालका नितेस मानन्धर तेश्रो भए ।

उक्त इभेन्ट महिला तर्फ भारतकी प्राग्ना मोहन प्रथम भइन् । उनले उक्त दुरी १ घण्टा ९ मिनेट २३ सेकेण्डमा पार गरी प्रमथ भएकी हुन् । १ घण्टा १२ मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरी भारतकी मोनीका नागपुरे दोश्रो भइन् । १ घण्टा १८ मिनेटमा उक्त दुरी पार गरी एपिएफकी सोनी गुरुङ तेश्रो भइन् ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, गण्डकी प्रदेशका सांसद दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, संघ कास्कीका अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गरो थिए ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो   स्थानमा रहेका एपिएफका  लक्ष्मण मल्लले ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए । महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङ्गकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button