पोखराको अर्चलेस्थित कविशिरोमणि लेखनाथ पौडेलको जन्म घर

पोखरा न्यूज – ११ , जेठ । नेपाली साहित्य जगतका आधुनिक कालका प्रतिभा कविशिरोमणि लेखनाथ पौडेलको पोखरा महानगरपालिका – २७ अर्चले स्थित जन्म घरलाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्न लागिएको छ । कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिले लेखनाथको जन्मस्थललाई समेटेर साहित्यिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ् कवि पौडेलको जन्म स्थलको सम्बर्द्धन र रेखदेख गर्दै आएको छ ।

समितिले कवि शिरोमणिको जन्मघर समेतलाई समेटेर कवि शिरोमणि सङ्ग्रहालय निर्माण गरेको छ । सङ्ग्रहालयमा हाल कवि शिरोमणि पौडेलले प्रयोग गरेका सामग्रीहरु राखिएको छ भने निकट भविष्यमा साहित्यिक जीवन लगायतका हरेक पक्ष समेटिने किसिमले सङ्ग्रहालयको बिकास गरिने समितिले जनाएको छ ।

सङ्ग्रहालय

लेखनाथ चोकदेखि करिव ५ किलोमिटर दूरीमा पर्ने जन्मस्थल र सङ्ग्रहालयको रेखदेखको लागि समितिले कर्मचारी खटाएको छ । जन्म घर र सङ्ग्रहालयको अवलोकन गर्न जाने पर्यटकका लागि प्रतिव्यक्ति २० रुपैया प्रवेश शुल्क कायम गरिएको छ । पर्यटकले कवि शिरोमणिका मर्मस्पर्शी कविता सहज रुपमा वाचन गर्न सकुन भन्ने हेतुले समितिले ठाउँ ठाउँमा कवि शिरोमणिका कविता मार्बलमा कुँदेर राखेको छ ।

जन्मघर

कविशिरोमणि पौडेलले पिता दुर्गादत्त पौडेल र माता वसुन्धरा पौडेलका कोखबाट विस १९४१ पुस १५ गते यहि रमणीय स्थलमा जन्म भएको थियो । कविता श्रृङ्गार पच्चिसी र मानसाकषीणी उनका पहिलो नेपाली भाषामा लेखिएका कविता रुपमा मानिन्छन्। बुद्दिबिनोद, सत्यकली, गीताञ्जली, तरूण तपसी, लालित्य, कृष्ण- केलि नाटक लगायत डेढ दर्जन भन्दा बढी उनका प्रख्यात कृतिहरु रहेका छन् ।

उनलाई नेपाली साहित्यका आधुनिक कालका प्रवर्तक एवम् परिष्कारवादी धाराका अगुवा कविका रूपमा लिने गरिन्छ । २००८ सालमा राजा त्रिभुवनबाट कविशिरोमणिको उपाधि प्राप्त गरेका कवि पौडेललाई २०११ साल पुष २० गते तत्कालिन प्रधानमन्त्रि मातृकाप्रसाद कोइरालाको समुपस्थितिमा सम्मान स्वरूप साहित्यिक रथयात्रा गरिएको थियो।

२०२२ साल फागुन ६ गते शिवरात्रीका दिन उनको देवघाटमा देहावसान भयो। प्रज्ञा प्रतिष्ठानले मृत्युपर्यन्त उनको नाममा २०२६ सालमा त्रिभुवन पुरस्कार प्रदान गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button