पोखरामा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक घाइते

पोखरा न्यूज – १८, जेठ । पोखरामा सवारी दुर्घटनामा परि एक जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका -७ डाँडाको नाकमा  ग १५ प ६२०६ नं को मोटरसाइकल र ग २ प ७६०९ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

प्रहरी प्रवक्ता पुरीका अनुसार पोखराबाट तालचोक तर्फ जादै गरेको मोटरसाइकल र ताल्चोकबाट ज्यामिर  कुनातर्फ जाँदै गरेको मोटरसाइकल ठक्कर खाँदा ग १५ प ६२०६ नं को चालक पोखरा-३० खुदीकी २० बर्षीय सोनु सुबेदी घाइते भएका  हुन् ।

घाइते सुबेदीको  मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button