पोखराको फुर्सेखोलामा माछा मार्न गएकी युवती मृत फेला

पोखरा न्यूज – २६, जेठ । पोखरामा शनिवार घरबाट माछा मार्न भनेर हिडेकी युवती मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका-१७ काउसेघारी नजिकै फुस्रेखोलामा माछा मार्न गएकी घारीपाटनकी २४ बर्षिया  युनिसा गुरुङ मृत अवस्थामा फेला परेको प्रहरीले उल्लेख गरेको  छ ।

माछा मार्ने क्रममा खोलामा डुबेर  बेपत्ता भएकी गुरुङ खोजतलाश गर्नेक्रममा खोलामा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जनाएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button