पोखरामा महिलालाई स्वरोजगार बनाउन नर्सरी सम्बन्धी तालिम

दीननाथ बराल, पोखरा न्यूज – २६, जेठ । पोखरा महानगरपालिका-११ का महिलाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले नर्सरी सम्बन्धी तालिम प्रदान गरिएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला उद्यमी संघ कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नम्बर ११ को व्यबस्थापनमा एक हप्ते नर्सरी तालिमको आइतबार देखि शुभारम्भ भएको छ ।

उक्त तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मीना गुरुङले महिलाहरुलाई शसत्तिकरण गर्दै स्वरोजगार बनाउन यस्ता नर्सरी तालिमबाट नर्सरी पेशा सजिलो माध्यम हुन सक्ने बताइन् । उनले भनिन्“ महिलाहरुले आफ्नो घरमा बसेर खेतवारीमै विभिन्न जातका व्यवसायीक रुपमा फुल उत्पादन गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्छन् । ” पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बाँस्तोलाले महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिम आवश्यक भएको बताए ।

संघ कास्कीका अध्यक्ष काशी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार सिता गुरुङ, महासचिव प्रतिभा गैरे, पार्वती पौडेल रेग्मी लगायले वोलेका थिए । तालिममा सहभागि ३७ जनालाई पोखराका अग्रज पुष्प व्यवसायी दयाकुमार दुवाले प्रशिक्षण गराउदैछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button