एचआइभी संक्रमित श्रेष्ठ सगरमाथा आरोहण गर्दा १५ लाख ऋण

दीननाथ बराल, पोखरा न्यूज – २७, जेठ । समाज, देश र विश्व परिवर्तन गराउने उद्धेश्यले आफ्नो जिवनको बाजी राखेर विश्वको उच्च शिखर सगरमाथाको सफल आरोहण गरेका एचआइभी संक्रमित एवं पूर्व फुटबल खेलाडी गोपाल श्रेष्ठको उक्त अभियानमा १५ लाख रुपैया ऋण लागेको छ । उक्त अभियान अन्तर्गत  दोश्रो चरणमा जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठको अभियानकर्तालाई अहिले  १५ लाख ८ हजारको ऋणको आर्थिक भार परेको अभियान संयोजक पद्मराज पहारीले बताए ।

आफुहरुले सोचे अनुसार सरकारले अभियानमा सहयोग नगर्दा अब बाँकी ऋण रकम कसरी संकलन गर्ने भन्ने  बिषयमा आफुहरुलाई निकै चिन्त्ता लागेको गुनासो सोमबार पोखरामा आयोजित आय व्यय सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रममा संयोजक पहारीले  गरेका हुन्। एचआइभी संक्रमित श्रेष्ठले सगरमाथाको सफल आरोहण गर्दा ४५ लाख ४४ हजार ५१ रुपैया खर्च भएको पहारीले जनाए । विभिन्न संघ संस्था तथा व्यक्तिहरुको सहयोगमा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरे पनि हाल एचआइभी.संक्रमित श्रेष्ठ सगरमाथा आरोहण अभियानले उक्त सहयोग उपलब्ध गराएको हो ।

एचआइभी संक्रमित श्रेष्ठको दोश्रो चरणको अभियानलाई करिब २ लाख ४८ हजार रुपैया सहयोग गर्ने आश्वासन प्राप्त भएको छ । बाँकी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग माग गरी ऋण चुक्त्ता गरीने भएको उनले जनाए । अभियानमा विभिन्न व्यक्ति तथा संघ संस्था, पर्यटन व्यवसायीबाट २८ लाख ८८ हजार ८ सय ५५ रुपैया सहयोग प्राप्त भएको थियो भने सांस्कृतिक कार्यक्रमबाट ६ लाख ४७ हजार ३ सय २९ रुपैया संकलन भएको अभियानका कोषाध्यक्ष गीता पौडेलले बताइन्।

उनका अनुसार आरोहण शुल्क २५ लाख, आरोहणको सामान र उपकरण खर्च ४ लाख ५ हजार, आरोहण सम्पन्न शेर्पा वोनस २ लाख ५० हजार, इन्धनयातयात खर्च ३९ हजार, सांस्कृतिक कार्यक्रम खर्च ३ लाख ७४ हजार २ सय ८९ रुपैया, आरोहण उद्धार खर्च ५ लाख २५ हजार ६ सय ३५, औषधि उपचार खर्च ५९ हजार, मसलन्द र छपाइ खर्च ८३ हजार १ सय ५ रुपैया लगाचयतको शीर्षकमा खर्च भएको छ ।

सम्भवत विश्वमै पहिलो पटक एचआइभी संक्रमित श्रेष्ठले सर्वच्चो शिखर सगरमाथा सफल आरोहण गरे पछि सरकारी निकायबाट आर्थिक रुपमा खासै सहयोग प्राप्त हुन नसकेको कोषाध्यक्ष पौडेलले गुनासो गरिन्। उक्त अभियानमा स्थानिय, प्रदेश र संघिय सरकारले भने रकम उपलब्ध गराउन आनाकानी गरेको उनले जनाइन्।

पोखरा-७ रत्नचोक निवासि ५६ बर्षीय श्रेष्ठले यही जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । यस अघि उनले करिब ५ बर्ष अघि २०७२ सालमा सगरमाथा आरोहणको अभियानको पहिलो चरणमा सगरमाथाको आधार शिविरमा पुगे पछि एकाएक विनाशकारी भुकम्पले गर्दा उनको यात्रा बिचमै स्थगित भएको थियो ।

आधार शिविरबाट उनलाई हेलिकोप्टर मार्फत उद्धार गरीएको थियो । एचआइभी संक्रमितहरुले पनि समाजमा केही गर्न सक्छन भन्ने सन्देश समाज, देश र विश्वमा दिन आफुहरुको अभियान सफल भएको श्रेष्ठले बताए । श्रेष्ठले ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्व र ढाकिवा शेर्पाको समन्वयमा सगरमाथा आरोहण गरेका हुन्।

स्टेप अप क्याम्पेन सेकेण्ड फेज अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल श्रेष्ठले यसअघि थोराङ् ला पास ५ हजार ४ सय १६ मिटर, आइस ल्याण्ड हिमाल ६ हजार १ सय ८९, र खान्कार्पु हिमाल ६ हजार ८ सय मिटरको हिमालको सफल आरोहण गरिसकेका छन् । पोखरामा उनलाई तामझामका साथ नगरी परिक्रमा गरी सम्मान गरिएको छ भने पोखरा महानगरपालिकाले पनि सम्मान गरेको छ । पहिलो अभियानका संयोजकमा विश्वमोहन गौचन रहेका थिए ।

उक्त अभियानमा लागेको ऋणमा आफुहरुले समेत केही रकम सहयोग गर्ने पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपाली र वडा ६ का वडा अध्यक्ष जगत पहारीले बताएका छन्। अभियानका सह-संयोजक बिष्णु भट्टराइले श्रेष्ठको सहास र आटलाई जनस्तरबाट सहयोग प्राप्त भएकोले उक्त अभियान सफल भएको दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button