ट्रयाक्टर दुर्घटना: चालक गम्भीर घाइते

पोखरा न्यूज – १८, असार । पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाबाट दिपायल आउँदै गरेको से २ त ३५५० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक अन्दाजी ३५ वर्षीय राजु चौधरी गम्भीर घाइते भएका छन् ।

केही दिन पहिले गाउँपालिकामा दुर्घटना भएको जीपलाई मर्मतका लागि कैलाली लैजान ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको उक्त ट्रयाक्टर दुर्घटना पर्दा घाइते भएका चौधरीलाई दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि कैलालीतर्फ सिफारिस गरिएको शैलेश्वरी अस्पतालका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button