पोखरा १७ र २१ को सिमानास्थित फुस्रे खोलामाथि रहेको तुइन हटाइयो

पोखरा न्यूज – २१ , असार । पोखरा महानगरपालिका–१७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन शुक्रबार हटाइएको छ ।

बङ्गुरका दानालगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी र सर्वसाधारण जोखिमपूर्ण रुपमा ओहोरदोहोर गर्दै आएको पाइएपछि तुइन हटाउन बिहीबार स्थानीय प्रशासनले निर्देशन दिएको थियो ।

मङ्गलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गर्दै गरेको तस्बिर सम्प्रेषित भएसँगै उक्त सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो ।

नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनमा प्रयोग हुँदै आएको बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । सरकारले तुइन विस्थापन गर्ने नीति लिएको छ ।

यो पनि पढ्नु होस ।

पोखरामा जोखिमपूर्ण तुईन तर्दै स्कूले बालबालिका

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button