भक्तपुर केन्द्रविन्दु बनाएर ४.६ रिक्टरको भूकम्प

पोखरा न्यूज – २१ , असार । भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ ।

आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको राससलाई जानकारी दिए । उनले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button