आजको राशिफल : २०७६ असार २७ गते शुक्रबार

पोखरा  न्यूज –  २७, असार । आज  वि.सं. २०७६ आषाढ २७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुलाई १२ तारिख, आषाढ शुक्ल एकादशी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, साध्य योग, वणिज र विष्टि (भद्रा) करण

आजको चाडपर्व र उत्सव : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा (चौमासा) व्रत प्रारम्भ,
आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : तुलसी पिए,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२६ देखि १२:०९ सम्म
यमघण्ट : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म
गुलिक काल : बिहान ०७:०० देखि ०८:४३ सम्म
रोग वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म
अमृत वारवेला : बिहान ०८:४३ देखि १०:२६ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

प्रस्तुति – सहप्रा. कृष्णप्रसाद कोइराला

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । अपराह्नमा आठौं भावमा चन्द्रमाको प्रवेश हुने भएकाले व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । त्यसपछि पारिवारिक जीवनमा असमझदारी वा चिसोपन बढ्न सक्छ । सन्ततिको चिन्ताले सताउने छ । समय दिन नसक्नाले पारिवारिक वातावरण बिग्रन सक्छ ।
शुभरङ्ग : गुलाबी वा सिन्दूरे
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : परिवारमा अधिकतम समय दिने
के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । सातौं भावमा चन्द्रमाको प्रवेश हुनाले बेलुकीपख मन रोमान्टिक बन्न सक्छ ।
शुभरङ्ग : हलुका सेतो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भगवान् शङ्कर
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने
के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । घरपरिवारबाट सहयोग मिल्नेछ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर अपराह्नदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
शुभरङ्ग : हलुका नीलो वा हरियो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने
के नगर्ने : बुद्धिको दुरुपयोग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज अपराह्नपछि तनाव र निराशाबाट मुक्ति पाउनु हुनेछ, तर दिनको सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छिमेकीको व्यवहारले निराश तुल्याउने छ । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । अपराह्नदेखिपाँचौं चन्द्रमाको प्रभाव सुरु हुन्छ । त्यसपछि दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।
शुभरङ्ग : रातो वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : भगवती दुर्गा
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने
के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको पराक्रम र प्रसिद्धि कमाउने राम्रो दिन छ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेहरूले मानसम्मान र ख्याति कमाउन सक्छन् । परोपकारी र सामाजिक काममा मन जानेछ, नयाँ आशा जाग्नसक्छ, सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।
शुभरङ्ग : गाढा नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण
के नगर्ने : घमण्ड

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ ।
शुभरङ्ग : घिउ रङ
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने
के नगर्ने : अनावश्यक खानपान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ ।
शुभरङ्ग : सिन्दूरे रातो
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने
के नगर्ने : हडबड र शीघ्रता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चन्द्रमा अनुकूल छैन, तर अन्य ग्रहको शुभ बल छ, त्यसैले आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् ।
शुभरङ्ग : सेतो वा बैैजनी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दान, धर्म, परोपकार
के नगर्ने : रिसराग, उद्वेग र क्रोध

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिश्रित प्रभाव प्राप्त हुने भए पनि आज संयम भई कार्यक्षेत्रमा तल्लीन हुने दिन हो । मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । त्यसैले व्यापार/व्यवसायमा मन्दी छाउनेछ, अनि भोगविलासमा मन केन्द्रित हुनेछ । पारिवारिक रमझममा धनखर्च हुनसक्छ । शत्रुपक्षका अनिष्ट सन्देश प्राप्त हुनेछ । तर प्रतिशोधको भावना त्यागी संयम र धैर्यशाली हुनु राम्रो हो । मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरायसी सम्बन्ध सुमधुर रहने छ । मातापिता र अभिभावकवर्गको सहानुभूति र आशीर्वाद प्राप्त हुनेछ । कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : महालक्ष्मी
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने
के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ ।
शुभरङ्ग : सेतो वा पहेंलो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : कुलगुरु/शिवजी
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग
के नगर्ने : आडम्बर र ढोंगीपन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दीर्घकालिक काम बेलुकीपख गर्नु शुभ हुन्छ किनकि आजबाट नकारात्मक समयको अन्त्य हुँदैछ । तर दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि अपराह्नदेखिभाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । त्यसैले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आज धार्मिक र सामाजिक क्षेत्रमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्
के नगर्ने : असुरक्षित यात्रा

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button