पहिरोमा परी ३ जना बेपत्ता

पोखरा न्यूज – २८, असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन  जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ ।

पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button